गृहपृष्ठ खबर सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ जना घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौं : दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। मंगलबार दिउँसो साढे १ बजे दोलखाको बुलुङबाट छुटेको रोलवालिङ यातायातको बा ३ ख २७८९ को बस सिन्धुपालचोकको सुनकोशी गाउँपालिका-६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरे जानकारी दिए।

बस मुडेस्थित ११ किलो भन्ने स्थानमा पल्टिएको इन्स्पेक्टर घिमिरेले बताए। घाइते मध्ये १० पुरूष, ८ महिला र एकजना बालक रहेका छन्।

घाइतेको उपचार खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था बुझ्ने काम भइरहेको उनले बताए।

सम्बन्धित् समाचार