गृहपृष्ठ खबर कपिलवस्तुमा करिब ३५० किलो अबैध कुखुरा नष्ट

कपिलवस्तुमा करिब ३५० किलो अबैध कुखुरा नष्ट

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा करिब ३५० किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका – ५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. विजयनगर र इलाका प्रहरी कार्यालय गणेशपुरको संयुक्त टोलीले अन्दाजी ३५० किलो अबैध कुखुरा बरामद गरेर नष्ट गरिएको हो ।

सोमवार राति करिब १० बजे भारतबाट नेपालतर्फ अबैद्य रुपमा गरि ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखि तस्करहरु कुखुरा छोडी  भागेको अवस्थामा कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको ३५० किलो कुखुराको अन्दाजी मुल्य १ लाख पर्ने उहाँले बताउनुभयो । प्रहरी, जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी कुखुरालाई नष्ट गरिएको हो ।

सम्बन्धित् समाचार