गृहपृष्ठ खबर भारतले बाटो बनाउँदा खसेको पहिरोले दार्चुलामा महाकाली नदी थुनियो

भारतले बाटो बनाउँदा खसेको पहिरोले दार्चुलामा महाकाली नदी थुनियो

प्रकाशित मिति:

काठमाडौं : दार्चुलामा महाकाली नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दार्चुलाको माल्पा भन्ने ठाउँमा भारतले सीमावर्ती सडक बनाउँदा ठूलो पहिरो खसेर नदी थुनिएको हो। नदी थुनिँदा पहिरो तथा बाढीको खतरा बढेको छ।

कञ्चनपुर प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर सतर्कता अपनाउन भनेको छ। प्रशासकीय अधिकृत कृष्णानन्द जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाको माल्पा भन्ने ठाउँमा ठूलो पहिरोको कारण महाकाली नदी थुनिन गएकाले कुनै पनि बेला नदीमा जम्मा भएको पानी फुट्न सक्ने सम्भावना रहेको भन्ने जानकारी हुन आएकाले महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रही आवश्यक सतर्कता अपनाउनू।’

जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सूचना अधिकारी ज्योत्सना भट्ट ९जोशी०ले भारतले सडक बनाउने क्रममा विस्फोट गर्दा पहिरो खसेर व्यास क्षेत्रमा नदी आशिंक रुपमा थुनिएको बताइन्। अहिले हटाउने कार्य भइरहेको उनले जानकारी दिइन्। ‘
चिन्ताजनक अवस्था छैन भन्ने खबर आएको छ,’ उनले भनिन्।

सम्बन्धित् समाचार