गृहपृष्ठ खबर कपिलवस्तुको बुद्धभुमिमा नगरस्तरीय १५ सदस्य डोरीतान संघ गठन

कपिलवस्तुको बुद्धभुमिमा नगरस्तरीय १५ सदस्य डोरीतान संघ गठन

प्रकाशित मिति:

कपिलवस्तु : नेपाल डोरीतान संघ कपिलवस्तुको आयोजनामा बुद्धभुमि नगरपालिकामा यम बहादुर बोहराको अध्यक्षतामा १५ सदस्य डोरीतान संघ गठन भएको छ ।जसको उपाध्यक्षमा मृगेन्द्रपुन, सचिव हिरा थारु , कोषाध्यक्ष श्रृष्टी भट्राई र सदस्यहरुमा राजेन्द्र प्रसाद यादव, चन्द्रराम यादव, दुर्गा विक ,प्रदिप खडका ,राम अचल थारु ,नारायण मल्ल, जय बहादुर विक,राम किसुन चौधरी लगाएत रहेका छन ।

मंगलवार बुद्धभुमि ४ स्थित नगरपालिकाको खेल मैदानमा आयोजिक कार्यक्रमको प्रमुख अतिथी वडा न ४का वडा अध्यक्ष पवन कुमार थारुले राष्टको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्दै यो डोरीतान खेल पनि राष्टिय तथा अन्तराष्टिय प्रतियोगित हुने हुदा ष्यसको विकास हुन जरुरी रहेको बताउनु भयो । पहिलो पटक बुद्धभुमि नगर स्तरमा गठन भएको भन्दै यस संस्थाको विकासका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यसै गरि जिल्ला अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष मिनराज बेलवासेले यो खेलअन्य खेलजस्तै डोरीतान खेल रहेको र यस खेललाई सबै पालिका र वडा स्तर सँम्म विस्तार गरिने बताउनु भयो । जिल्लामा ३ओटा पालिकामा गठन भई सकेको र वाकिं ७ओटामा माघ महिनाभरीमा गठन गर्ने बताउनु भयो । यो खेल अन्तराष्ट्रिय स्तर सम्म हुने हुदा खेलाडीहरुलाई तयारगर्न तथा तालिम दिन आवस्यक रहेको भन्दै स्थनीय सरकारको सहयोग आवस्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य रोम बहादुर थापा, उद्योगबाणीज्य संघ बुद्धभुमिका कोषाध्यक्ष सोभाखर बन्जाडेले लगाएतले समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन नेपाल डोरीतान संघका सचिव दामोदर खनालले संचालन गर्नु भएको थियो । जिल्लामा २ वर्ष पहिले डोरीतान संघ मिनराज बेलवासेको नेतृत्वमा गठन भएको थियो ।

सम्बन्धित् समाचार