गृहपृष्ठ खबर नेकपा प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा भोलि नेपाल बन्दको घोषणा

प्रकाशित मिति:

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ। संविधान सभा सांसद एवम् प्रचण्ड–नेपाल समूहका नेता तारानारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएको बारे जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘केपी ओलीको असंवैधानिक निरंकुश जनविरोधी कदमको विरुद्ध भोलिको नेपाल बन्द सफल पार्न सम्पूर्ण रूपमा लागौं।’

यसैबीच प्रचण्ड-नेपाल पक्षले पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्। रिजालले ट्विटरमा लेखेका छन् ‘नेकपाले आज २ बजे पेरिसडॉडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ।’

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका थिए। त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका प्रमुखहरूले शपथ खुवाएका थिए। विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३२ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको छन्।

सम्बन्धित् समाचार