गृहपृष्ठ खबर प्रचण्ड-नेपाल समूहले काठमाडौंमा निकाल्यो मसाल जुलुस

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा निकाल्यो मसाल जुलुस

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले भोलि बिहीवारको लागि आह्वान गरेको देशव्यापी आमहड्तालको पूर्व सन्ध्यामा बागबजारमा मसाल जुलुस निकालेको छ।

बिहिबारको आमहड्ताल सफल पारौं भन्दै प्रचण्ड-नेपाल समूहले मसाल जुलुस निकालेको हो। नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध विभिन्न चरणबद्ध आन्दोलन गर्दै आएको छ। भोलिको आमहड्ताल नेकपाको पूर्व निर्धारित कार्यक्रम हो।

सम्बन्धित् समाचार