
कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल उद्योग वाणिज्य परिषद्को सदस्यमा मनोनित हुनु भएको छ । महासंघको विधान अनुसार पौडेललाई सो पदमा मनोनयन गरिएको केन्द्रिय अध्यक्ष शेखर गोल्छाले बुधबार पत्रमार्फत् पौडेललाई जानकारी गराउनु भयो ।
महासंघको विधानको दफा ३९.२.१ अनुसार महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठको सभापतित्वमा हालै उक्त परिषद् गठन गरिएको छ । सोही परिषद्मा पौडेललाई मनोनयन गरिएको हो ।








