गृहपृष्ठ खबर आमहडतालका क्रममा झडपमा परेका पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट

आमहडतालका क्रममा झडपमा परेका पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट

जनकपुरधाम : आमहडतालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चोट लागेपछि काठमाडौं पठाइएको छ ।

शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादव घाइते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो ।

पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए । यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घाइते भएका छन् । लाठी प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।

सम्बन्धित् समाचार