गृहपृष्ठ खबर कपिलवस्तुका होटल तथा रेष्टुरेन्ट व्यवसायीका लागी खाद्य स्वच्छता सम्बन्धि तालिम

कपिलवस्तुका होटल तथा रेष्टुरेन्ट व्यवसायीका लागी खाद्य स्वच्छता सम्बन्धि तालिम

प्रकाशित मिति:

कपिलवस्तु : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुुको आयोजना तथा होटल ब्यावसायिक संघ कपिलवस्तुको संमन्वयमा कपिलवस्तुका होटल तथा रेष्टुराँका संचालकहरुका लागि खाद्य स्वच्छता सम्बन्धि २ दिने तालिम आजबाट शुरु गरेको छ ।

स्वस्थ जीवन यापनका लागि खाद्य स्वच्छता अति आवश्यक रहेको एक कार्यक्रमका सहजकर्ताले जोड दिएका छन् । होटल रेष्टुरेन्ट तथा क्यान्टिन संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरणका सहजकर्ताले सो कुरामा जोड दिएका हुन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख शिव शंकर विष्टले होटल व्यवसायीले खाद्यवस्तुको स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको समन्वयमा जिल्लाको चन्द्रौटास्थित होटल के–लियोको सभाहलमा शुक्रबारदेखि संचालन भएको दुई दिने अभिमुखीकरणका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख विष्टले खाद्य पदार्थ गुणस्तर कायम राख्ने विधि र सरसफाइको विषयवस्तु, खाद्य पदार्थमा मिसावट र केमिकल, विषादीको असर लगायतका विषय वस्तुुबारे सहजीकरण गरेका थिए ।

उनले सो अवसरमा खाद्य स्वच्छताका लागि त्यस सम्बन्धी नीति नियम र तरिकाहरुका बारेमा समेत जानकारी गराएका थिए । सोही प्रसंगमा उनले खाद्य स्वच्छताको हिसावले होटल तथा रेष्टुरेन्टको बर्गीकरण गर्ने तयारी भइरहेको जानकारी समेत दिए । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सदस्य ढुुण्डिराज अधिकारीले खाद्य पदार्थ गुणस्तरीय र सफा हुनुपर्नेमा पनि सबै सचेत हुनुपर्नेमा जोड दिए । होटल तथा रेष्टुरेन्ट क्षेत्रका लागि खाद्य स्वच्छता सम्बन्धी विषय झनै महत्वपूर्ण हुने उनले औल्याए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीले जिल्लाका सम्पूर्ण होटल व्यवसायीहरु खाद्य पदार्थको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिनुपर्ने आग्रह गरे ।

पर्यटन प्रवद्र्धनका दृष्टिकोणले होटल व्यवसायी अग्रपंक्तिमा आउने दाबी गर्दै अध्यक्ष खत्रीले खाद्य पदार्थको स्वच्छता, गुणस्तरका साथै व्यवसायको साथसाथै जिल्लाका ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पु¥याएको उद्घोष गरे । शनिबार सकिने अभिमुखीकरणमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्ती, उपाध्यक्ष सन बहादुुर सारु लतायत होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका २५ बढी व्यवसायीहरुको सहभागिता रहेको छ ।

 

सम्बन्धित् समाचार