गृहपृष्ठ खबर नवलपरासीमा ५ चोरीका मोटरसाइकलसहित ५ पक्राउ

नवलपरासीमा ५ चोरीका मोटरसाइकलसहित ५ पक्राउ

प्रकाशित मिति:

परासी : ५ वटा चोरीका मोटरसाइकल सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले शुक्रबार पक्राउ गरेको छ ।

चेकचाँज गर्ने क्रममा रामग्राम नगरपालिका र बर्दघाट नगरपालिका क्षेत्रबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले जानकारी दिए ।

मोटरसाइकलसँग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभेटिएपछि चोरीका रहेको खुलेको लामाले बताए । उनीहरुसँग बरामद भएका मोटरसाइकलहरुमा लु ६४ प ६३५७ को बुलेट, अन टेस्ट रोयल इन्फाईड बुलेट, लु ४० प ८९११ को सुपर स्प्लेन्डर, लु ४० प ८२७७ को एफजेट र लु १५ प ६१४८ को डिलक्स मोटरसाइकल रहेका छन् । पक्राउ परेका सबैलाई चोरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार