गृहपृष्ठ खबर सोसल ईग्लिस बोर्डिङ स्कुलको खेल सप्ताह समापन

सोसल ईग्लिस बोर्डिङ स्कुलको खेल सप्ताह समापन

प्रकाशित मिति:

सागर वि.क.(चार नम्बर जीतपुर) : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ गारुसिङ्गेमा अवस्थित सोसल ईग्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह समापन भएको छ । “शिक्षाका लागी स्वास्थ्य, स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको खेल सप्ताह आज शनिबार समापन भएको हो ।

तीन दिनसम्म चलेको खेल सप्ताहमा विभिन्न किसिमका खेलहरु सम्पन्न गरिएको छ । खेल सप्ताहमा विद्यालयका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको सोही विद्यालयकी शिक्षिका पुजा भट्टराईले जानकारी दिनुभयो । भलिबल, कबड्डी, स्लो साईकल रेस, लङ रनिङ, सट रनिङ, सुईट रेस, स्पोन रेस, तातो आलु जस्ता विभिन्न खेलहरु सम्पन्न गरिएको उहाँले बताउनुभएको छ ।

खेल सप्ताहको समापन कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल राजेन्द्र पी.सि.ले खेल सप्ताहले विद्यार्थीहरुमा एउटा छुटटै किसिमको रौनकता ल्याएको दाबी गर्नुभएको छ । विद्यार्थीलाई खेलले मनोरञ्जन प्रदान गर्नुका साथै शारिरीक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसले शिक्षामा थप गुणस्तरियता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले खेल सप्ताहका विभिन्न खेलहरुमा जित हासिल गर्ने विजेतालाई आउँदो यही सरस्वती पुजाका दिन पुरस्कार वितरण गरिने समेत जानकारी गराउनुभएको छ ।

सम्बन्धित् समाचार