गृहपृष्ठ खबर बाणगंगाको पिपरामा राप्रपाको नगर कमिटि बैठक सकियो

बाणगंगाको पिपरामा राप्रपाको नगर कमिटि बैठक सकियो

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको पिपरामा राष्ट्रीय प्रजातन्त्र पार्टीको बैठक सम्पन्न भएको छ । बिभिन्न महत्वपुर्ण निर्णय गर्दै राप्रपाको बैठक सम्पन्न भएको हो ।बैठकले पार्टीका गतिविधीलाई थप तिव्रता दिदै नगरका सबै वडामा सदस्यता बितरण कार्यलाई अगाडी बढाउने निर्णय भएको नगर अध्यक्ष गिरिराज कंडेलले वैखरी अनलाइनलाई जानकारी दिनु भयो ।

 

 

साथै अध्यक्ष कंडेलले हालै हुन लागेको कपिलवस्तु उद्योग बाणिज्य सघंको अधिवेशनमा चुनाव भए डोलकराम घिमिरे पक्षको प्यानललाई जिताउन पार्टीमा निर्णय भएको जानकारी दिए । सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष देखि बिभिन्न पार्टीका जिम्मेवार ब्यतिmहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार