गृहपृष्ठ खबर ३ बर्ष भित्र तिलौराकोट बिश्व सम्पदा सुचीमा सुचीकृत हुने, संरक्षित स्मारक क्षेत्र घोषणाको तयारी

३ बर्ष भित्र तिलौराकोट बिश्व सम्पदा सुचीमा सुचीकृत हुने, संरक्षित स्मारक क्षेत्र घोषणाको तयारी

प्रकाशित मिति:

प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्न संरक्षित स्मारक क्षेत्र घोषणाको तयारी अघि बढाइएको छ । तिलौराकोटलाई २३ बर्ष अघि नै बिश्व संपदा सुचीमा सुचीकृत गर्नका लागि प्रस्तावका लागि कागजी प्रकृया अघि बढाइएको थियो । तिलौराकोटलाई संरक्षित क्षेत्र घोषणाकालागि तयारीका बिषयमा पुरात्व बिभाग, लुम्बिनी बिकास कोष र कपिलवस्तु नगरपालिकाद्धारा संयुक्त रुपमा कपिलवस्तु संग्रहालयमा आयोजित छलफल कार्यक्रमममा सो जानकारी गराईएको हो ।
अहिले फेरी पुरातत्व बिभाग, ल्ुम्बिनी बिकास कोष र कपिलवस्तु नगरपालिकाले तिलौराकोट क्षेत्रलाई बिश्व संपदा सुची सुचीकृत गर्नकालागि आवश्यक प्रमुख शर्तकारुपमा रहेको संरक्षित क्षेत्र स्मारक घोषणा कार्यक्रम अघि बढाइएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । सदस्य सचिव शाक्यका अनुसार तिलौराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृतका लागि सन १९९६ मा नै प्रस्ताव गरिएको थियो । तर त्यसले लामो समय सार्थकता पाउन सकेको थिएन ।

 

अहिले भने प्रकृृया अघि बढाईएको उनले बताए । नेपालमा कुल ८ वटा संपदा बिश्व संपदा सुचीमा सुचीकृत छन । त्यस मध्ये ७ वटा काठमाण्र्डाै र एउटा ल्म्बिनी बिश्व संपदामा सचीकृत छन । अहिले सम्म बिश्वमा ११ सय २१ वटा स्थल बिश्व संपदामा सुचीकृत छन । ऐतिहासिक र धार्मिकरुपमा महत्वपुर्ण स्थलकारुपमा रहेको तिलौराकोट क्षेत्रलाई सुचीकृत गर्न अर्झै करिब ३ बर्ष समय लाग्ने शाक्यले बताए । पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले तिलौराकोट क्षेत्रकालागि १ सय ४० बिघा जमिन अधिग्रहण गर्ने योजना रहेको बताए । त्यही क्षेत्रलाई नै संरक्षित स्मारक क्षेत्र घोषणा गरिने उनले बताए । अहिले सम्म ६२ बिघा अधिग्रहण गरी सकिएको छ । यस बर्ष थप ५ बिघा अधिग्रहणकालागि १४ करोड बजेट बिनियोजन भएको छ ।

संरक्षित क्षेत्र घोषणाकालागि त्यस भेमगा बसोबास गर्नेहरुसंग लिखित प्रतिबद्धता र पालिकाको निर्णय, पर्यटन प्रबद्र्धन र संरक्षणका खाका लगातयका कुराहरु पालना गनूै पर्ने प्रावधान छ । कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले तिलौराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गर्नकालागि संरक्षण स्मारक क्षेत्र घोषणाकालागि आफनो पुरा साथ रहेको बताए । ‘ करोडौको आस्थाको केन्द्र रहेको तिलौराकोट क्षेत्र बिश्व संपदामा सचीकृत भए यसले देश र समग्र जिल्ला कै नाम चल्ने छ ’ उनले भने ‘ यसले आर्थिक विकासमा समेत महत्वपुर्ण योगदान दिनेछ ’ । उनले बिश्व संपदामा सुचीकृत र संरक्षित क्षेत्र घोषणाकालागि अब ढिलाई गर्न नहुने उनले बताए । उनले बिभाग, कोष र पालिकाले एक आपसमा समन्वय गरी आवश्यक तयारी गरी काम अघि बढाउनु पर्ने बताए ।

 

कार्यक्रममा कोषका प्रशासकीय अधिकृत ज्ञानीन राई, सुरेश सुरज श्रेष्ठ, बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले बिश्व संपदा सुचीमा सुचीकृत र सरक्षित स्मारक क्षेत्र घोषणाका लागि चाहिने शर्त, पालना गर्नु पर्ने कुृरा लगातयका बिषयमा जानकारी गराएका थिए । कोषका सदस्य सचिव शाक्यको अध्यक्षता कोषका पुरातत्व अधिकृत हिमाल उत्प्रेतीको संचालनमा भएको कार्यक्रममा कोषका सदस्य राजेश ज्ञवाली कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, वडा नम्बर ९ का अध्यक्ष शिव बहादुर वाग्ले नेकपाका केन्द्रिय सदस्य बावुराम खनाल, कांग्रेसका राम आषिष पाण्डेय, जनता समाजबादी फोरमका राम निवास यादव, गुनाखर गैरेले लगायतले यो कामकालागि अब ढिलाई गर्न नहुने बताए । तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राज प्रसाद र बुद्धको क्रिडास्थलकारुपमा लिइएको छ । यो स्थलमा प्राचिन पोखरी, दरबारको भग्नावशेष पर्खाल लागतयका संरक्षनाहरु फेला परेका छन ।

सम्बन्धित् समाचार