प्युठानमा चट्याङ परेर दुई जना घाइते भएका छन् । चट्याङले मल्लरानी गाउँपालिका ३ जेवुनडाडा निवासि ४९ बर्षिय पद्मा श्रेष्ठ तथा ६१ बर्षिय लुमा सुनार घाइते भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।
अाज दिउँसो परेकाे चट्याङले पद्मा गम्भीर घाईते रहेको र लुमाकाे अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।
उनिहरूकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहकाे छ ।








