गृहपृष्ठ खबर सवारी लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

सवारी लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

प्रकाशित मिति:

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी दिएको हो।

यसअघि ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गरेर ९० दिनको अवधिलाई बढाएर १८ महिना पुर्‍याएको विभागका निर्देशक डा. लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विभागबाट सञ्चालमा रहेको इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र सवारी दर्ता प्रक्रियासमेत अद्यावधि गरिएको भुसालले जानकारी दिएका छन्।

सम्बन्धित् समाचार