गृहपृष्ठ खबर सावित्रा एक्लैको ८ गोलमा चौदण्डीगढीमाथि एपिएफको फेरि फराकिलो जित

सावित्रा एक्लैको ८ गोलमा चौदण्डीगढीमाथि एपिएफको फेरि फराकिलो जित

काठमाडौँ : राष्ट्रिय महिला लिग फुटबलमा लिग लिडर एपिएफले फराकिलो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि १४–० गोलअन्तरको जित निकालेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफलाई जिताउन सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले आठ गोल गरिन् भने अनिता केसी र अनिता बस्नेतले एक गोल गरे भने रमिला गोले र अनु लामाले समान एक–एक गोल गरे।

यससँगै एपिएफले आफ्नो अपराजित यात्रा कायम राखेको छ। प्रतियोगिताको एक मात्र अपराजित टोली एपिएफले सात खेलमा २१ अंक जोडेको छ। अघिल्लो पटक यी दुईबीच भएको खेलमा एपिएफ २२–० गोल अन्तरले विजयी भएको थियो। जसमा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन्। कुनै खेल नजितेको ​चौदण्डीगढी भने अंकविहीन छ।

सम्बन्धित् समाचार