वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको भोली हुने चुनावका लागी डोलकराम घिमिरेले सहयोग गर्न आग्रह गरेका छन । ४० बर्ष अरुका लागी भोट मागे तर यसपालि आफुलाई सहयोग गर्न उनले आग्रह गरेका छन ।

उनी बिगत ४ दशकबाट सक्रिय सामाजिक सेवामा लागेका छन । पदीय जिम्मेवारीमा नबसेपनि यस क्षेत्रका साना देखि ठुला ब्यवसायीको समस्या समाधानका लागी निरन्तर लागेकाले पनि आफुले चुनाव जित्नेमा बिश्वास रहेको घिमिरेले बताए । चुनावका लागी मतदान भोली बिहान ८ बजेबाट दिउसो २ बजेसम्मका लागी तोकीएको छ ।








