गृहपृष्ठ खबर संसद्‍ विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको राजधानीमा जनप्रदर्शन

संसद्‍ विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको राजधानीमा जनप्रदर्शन

प्रकाशित मिति:

काठमाडौं : प्रतिनिधिसभा विघटन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अहिले राजधानीमा विशाल सभा गर्दैछ । बिहन ११ बजे राजधानीका विभिन्न स्थानबाट सुरु भएको प्रदर्शन अहिले सभास्थल पुगेको छ । पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट निस्केको जुलुस भृकुटीमण्डपमा पुगेको हो ।

विरोध सभामा सहभागी हुन नेकपाले गाउँ९गाउँबाट कार्यकर्तालाई काठमाडौंमा उतारेको छ। विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।

यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गरेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।

सम्बन्धित् समाचार