गृहपृष्ठ खबर प्रचण्डको चेतावनी : अर्कोपल्ट १० लाख जनताले बालुवाटार र सिंहदबार घेर्ने

प्रचण्डको चेतावनी : अर्कोपल्ट १० लाख जनताले बालुवाटार र सिंहदबार घेर्ने

प्रकाशित मिति:

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पल्ट बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। बुधबार राजधानीमा आयोजित विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई यस्तो चेतावनी दिएका हुन्।

‘केपीजी अर्कोपल्ट १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउनु नपरोस्’, प्रचण्डले भने। उनले ओलीले घोषणा गरेको चुनाव नौटंकी मात्र भएको भन्दै यो प्रतिगमनविरुद्धको लडाइँ जित्ने विश्वाससमेत व्यक्त गरेका छन्। ‘यो लडाईँमा हामी जित्छोँ। केपीको चुनावी नौटंकी हुनेवाला छैन’, उनले भने, ‘त्यसको भ्रममा नपरौँ।

प्रचण्डले नेपाली जनतालाई हेप्ने गल्ती नगर्न निर्वाचन आयोगलाई चेतावनीसमेत दिएका छन्। मंगलबार मात्र प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगमा पुगेर धम्क्याएको भरमा निर्णय गर्ने गल्ती नगर्न उनले आयोगलाई चेतावनी दिएका हुन्।

‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन। नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ। अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन्। यो सत्य कुरा हो। यही हो जित। खेलाची कसैले नठाने हुन्छ’, प्रचण्डले भने, ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठाने देश र जनताले दुःख पाउँछन्।’

सम्बन्धित् समाचार