गृहपृष्ठ खबर पिसाब फेर्न निस्किएकी १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

पिसाब फेर्न निस्किएकी १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

प्रकाशित मिति:

काठमाडौं : पिसाब फेर्न निस्किएकी बालिकामाथि सामुहिक बलात्कार भएको छ । सोमबार राति विराटनगरमा मोटरसाइकलमा आएका दुई युवाले अपहरण गरी १४ वर्षीय बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जहदा गाउँपालिका १ घर भएकी बालिकालाई राति करिब साढे ९ बजेतिर मोटरसाइकलमा जबर्जस्ती लगेको देखेपछि छिमेकीले आफन्तलाई खबर गरेका थिए । राति ११ बजेसम्म छोरी घर नफर्केपछि हल्लाखल्ला गर्दै छिमेकी र आफन्त खोजीमा निस्किए । तर फेला पार्न सकेनन् । त्यसको दुईघण्टापछि बालिका अतालिँदै घर आइपुगिन् ।

स्थानीयका अनुसार मोटरसाइकलमै ल्याएर बालिकालाई घरनजिक छाडिदिएपछि बलात्कारी भागेका थिए । बालिका निकै डराएकी, आतिएकी र मानसिक रुपमा विक्षिप्त थिइन् । पछि बालिकाले आफुमाथि बलात्कार भएको सुनाएकी थिइन् ।

प्रहरीले भने राति १ बजे मात्रै घटना थाहा पाएको जनाएको छ । खोजी गर्दा बलात्कारमा संलग्न फेला नपरेपछि मात्रै आफन्तले ढिला गरी प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि खोजी थालेको प्रहरीले बलात्कारमा संलग्नको पहिचान भएको जनाएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्शन थापाले घटनामा संलग्न जहदा १ का २२ वर्षीय दीपेश कुमार यादव र २१ वर्षीय अजय बैठाको खोजी गरिरहेको बताउनुभयो । दुवै जना गाउँबाट फरार छन् ।

सम्बन्धित् समाचार