
धादिङ : पृथ्वी राजमार्गको धादिङ खण्ड अन्तरर्गत खानी खोलामा मोटर साइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जनाको नाम डा। सुरेश अधिकारी खुल्न आएको र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
काठमाडौं जादै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक सगं ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनापछि मोटरसाइकलमा आगो लागेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।








