गृहपृष्ठ खबर ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेलसप्ताह सुरु

ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेलसप्ताह सुरु

प्रकाशित मिति:

सागर वि.क. (चार नम्बर जीतपुर) : कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुरस्थित ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेलसप्ताह सुरु भएको छ । आज एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमलाल अधिकारीले खेल सप्ताहको उद्घाटन गर्नुभएको हो ।

खेल सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले खेलले मानव जीवनलाई स्वास्थ्य राख्नुका साथै विजयी प्राप्त गर्नका लागी थप उर्जा प्रदान गर्ने बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाउनु पर्नेमा जोड दिनुभएको छ । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले खेलले मनोरञ्जन प्रदान गर्नुका साथै शारिरीक, मानसिक वृद्धि विकासमा महत्वपूर्ण खेल्ने जिकीर गर्नुभएको थियो ।

त्यस्तै उहाँले खेल सप्ताह संचालन हुदाँ विद्यार्थीमा एक किसिमको छुट्टै उत्साह तथा उर्जा देख्न पाईने बताउनुभएको थियो । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको आज पहिलो चरणमा विभिन्न खेलहरु सम्पन्न भएका छन् ।

जुनियर तर्फ कक्षा ३ सम्म म्युजिकल चियर, थ्रेड एण्ड मिडल, एक सय मिटर दौड तथा चम्चा दौड भएको छ । त्यस्तै कक्षा ४ देखि ६ सम्मका विदयार्थी तर्फ छात्रमा फुटबल र छात्रामा कबड्डी सम्पन्न गरिएको छ । उता सिनियरतर्फ कक्षा ७ देखि १० सम्मका छात्रतर्फ पनि क्रिकेट र छात्रातर्फ कबड्डी खेल सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार