घनश्याम पौडेल
अर्घाखाँची, २९ माघ । पौडेल वंश महासंघ अर्घाखाँचीको अध्यक्षमा मणिराम पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
पाणिनी गाउँपालिकाको चिवेकमा भएको प्रथम जिल्ला भेलाले १३ सदस्यीय कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ । जसको उपाध्यक्षमा सुमन्त पौडेल ठाडा, सचिवमा लालमणि पौडेल ठुलापोखरा र कोषाध्यक्ष (सुमित्रा पौडेल सन्धिखर्क) मा चयन भएका छन् ।
सदस्यहरुमा चन्द्रकान्त पौडेल (पोखराथोक), घनश्याम पौडेल (धातिवाङ्ग), पशुपति पौडेल (सन्धिखर्क–१२), प्रकाश पौडेल (छत्रदेव–२), नारायणप्रसाद पौडेल (भुमिकास्थान–८), तुल्सिराम पौडेल जुकेना, शान्तादेवी पौडेल (पाणिनी–७, झन्द्रेक), प्रेमनारायण पौडेल (शितगंगा) र खिमानन्द पौडेल (ठुलापोखरा) चयन भएका छन् । २ जना सदस्य र ५ जना सल्लाहकार अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ ।
जिल्ला भेलाको उद्वघाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले ‘पौडेल बन्धुहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताउँनुभयो।’
कार्यक्रमको उद्धघाटन सत्रमा पौडेल महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक हरि पौडेल, केन्द्रीय कार्यसमिती सदस्य नविन पौडेल, नेपाली काँग्रेसका जिल्ला सचिव छविलाल पौडेल, समाजसेवी मणिराम पौडेल, लोकतान्त्रिक गैरसरकारी महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल, शितगंगा–५ का वडा अध्यक्ष कमल पौडेल, छत्रदेव–६ वडा अध्यक्ष कमल पौडेल, शिक्षक संघका जिल्ला सचिव लालमणि पौडेल, समाजसेवी यज्ञ पौडेल, समाजसेवी चन्द्रकान्त पौडेल, शिवमदन माविका प्रअ राजेन्द्र पौडेल, मित्रदेव पौडेल, पत्रकार घनश्याम पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम पौडेल महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा अर्घाखाँची संयोजक माधव पौडेलको अध्यक्षता, तुल्सिराम पौडेलको सञ्चालन र उमानाथ पौडेलको स्वागतमा उद्धघाटन सत्र सम्पन्न भएको हो ।








