कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले जे बोल्छु त्यो गर्छु तर गफ गरेर प्यारो बन्न नआउने बताएका छन । आज शपथ ग्रहण तथा पद हस्तान्त्रण कार्यक्रमपछि बोल्दै उनले यो गर्छु त्यो गर्छु भन्दै गफ नलगाउने तर काम गरे पछि यो काम गरे भनेर जानकारी गराउने उनले बताए ।
वैखरी अनलाइनसगं कुराकानी गर्दै घिमिरेले “लप्पन छप्पन गर्न मलाई आउदैन, तर काम गरेरनै सबैको मन जित्न सक्छु भन्ने बिश्वास मलाई छ ” उनको भनाई छ ।
यसैबिच
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि गरिएको निर्वाचनबाट नव निर्वाचित समितिलाई पदभार तथा शपथ ग्रहण गराईएको छ । उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराईएको हो । विशेषतः निर्वाचन मण्डलले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन प्रमुख अधिकृत रविराज आचार्यले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्दै डोलक राम घिमिरेको नेतृत्वमा रहेको नवनिर्वाचित समितिका पदाधिकारी तथा सम्पुर्ण सदस्यहरुले संस्थाको विधानमा टेकि यस क्षेत्रका व्यवसायीहरुको हक हित संरक्षणका लागि सदैव कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पदभार हस्तान्त्रण गर्दै निबर्तमान अध्यक्ष उमानाथ पौडेलले आफ्नो कार्यकालमा भएका प्रगति विवरण तथा अनुभवहरु साटासाट गरेका थिए । उनले अबको बर्तमान कार्य समितिले यस क्षेत्रका व्यवसायीहरुलाई एकीकृत गर्न आवश्यक रहेको बताए । पौडेलले आफ्नो कार्यकालमा कोरोना महामारी, लकडाउन जस्ता कठिन परिस्थितीको सामना गरी व्यवसायीहरुको हक हितको पक्षमा रहेको बताउँदै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे ।
त्यस्तै बर्तमान समितिका अध्यक्ष डोलकराम घिमिरेले मतदान गरि आफ्नो नेतृत्वमा निर्वाचित सम्पुर्ण मतदाता, निर्वाचन मण्डल, निबर्तमा समिति सम्पुर्णलाई आभार प्रकट गरे । उनले पदभार ग्रहण गर्दै सदैव यस क्षेत्रका व्यवसायीहरुको हक हितमा कार्य गरी संस्थालाई अझ उचाईमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उप प्रमुख चक्रपािण अर्यालले उद्योग वाणिज्य संघ नगरपालिका संग कसिलो सम्बन्ध सफल भएको बताए ।








