गृहपृष्ठ खबर कपिलवस्तुको वडा नः २ र ३ मा सय जेष्ठ नागरिकलाई फाईबर सिरक

कपिलवस्तुको वडा नः २ र ३ मा सय जेष्ठ नागरिकलाई फाईबर सिरक

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ले ३ सय जेष्ठ नागरिकलाई फाईबर सिरक उपलब्ध गराएको छ । ७० बर्ष काटेर बुद्ध भत्ता पाएका उनीहरुलाई सिरक उपलब्ध गराइएको हो । पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, उप मेयर लक्ष्मी साउ गुप्ता, कांग्रेस नेता सुधाकर पाण्डेय, वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, ३ का वडाध्यक्ष प्रकाश गैरेले ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बिच सिरक हस्तान्त्रण गरेका थिए । महिता की ९७ बर्षिया कला खनाललाई सिरक उपलबध गराएर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

 

सो अवसमा कांग्रेस जिल्ला सभापति आचार्यले भगवान सरह रहेका बृद्धबृद्धाहरुलाई वडाले सिरक दिएर राम्रो काम गरेको बताए । ६० बर्ष नाघेकालाई कांग्रेसले बृद्ध भत्ता उपलब्ध गराउने प्रस्ताव गरे पनि बर्तमान ओली नेतृत्वमा रहेको सरकारले त्यसलाई नमानेको बताए । उनले अहिलेको सरकारले भुमी ब्यवस्था, विकास लगायतका कुराहरुमा दक्षिण तर्फ रहेको क्षेत्रलाई समेत बिभेद गरिएको बताए । उनले जनतालाई प्रत्यक्ष लाभ हुने किसिमको काम गर्न नगरपालिकलाई आग्रह गरे । सिरक पाए पछि बिपन्न परिवार खुशी भएका छन ।

९७ बर्षिया बृद्धा कला खनालले ज्येष्ठ नागरिकलाई सम्मान गरेको निर्कै खुशी लागेको बताईन । उनले ज्येष्ठ नागरिककालागि औषधी उपचार, लगायतका कुरा समेत नगरपालिकलो उपलब्ध गराउनु पर्ने माग गरिन । वडाध्यक्ष प्रकाश गैरेले ज्येष्ठ नागरिकको सम्मान र सहजताकालागि सिरक बाडिएको बताए । उनले वडा सहीत नगरपालिकाले ज्येष्ठ नागरिककालाई अरु सुबिधा र सेवा समेत उपलब्ध गराउने बताए । वडा अध्यक्ष गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख लक्ष्मी गुप्ता, कांग्रेस नेता सुधाकर पाण्डेय, युवा नेता प्रकाश घिमिरे, बसन्त कुमारी सिंह केदारनाथ शुक्ला लगायतले शुभ कामना म्न्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार