गृहपृष्ठ कला/साहित्य भ्यालेनटाइनको अवसरमा मदन खनालको ‘माया के हो जीवनमा’ गीतको म्युजिक भिडियो बजारमा(भिडियो सहित)

भ्यालेनटाइनको अवसरमा मदन खनालको ‘माया के हो जीवनमा’ गीतको म्युजिक भिडियो बजारमा(भिडियो सहित)

प्रकाशित मिति:

काठमाडौं । भ्यालेनटाइनको अवसरमा गायक मदन खनालको ‘माया के हो जीवनमा’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । नेपाली गित संगीतको बजारमा दिन प्रतिदिन नयाँ नयाँ गितका म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । कलाकारहरुले दर्सक श्रोताका लागि नयाँ स्वादका गीत बजारमा ल्याउने क्रम जारी नै छ । यसै बिच माया प्रेममा आधारित गित `माया के हो जीवनमा´गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मदन खनाल र सुशील स्टुपेडको शब्दमा रहेको उक्त गीतमा मदन खनाल र स्मृति शाहको आवाज रहेको छ । उक्त गीतलाई गायक महेश बिक्रम पाण्डेले आफ्नै पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड साथै एरेन्ज गरेका हुन् ।

गितको भिडियोमा राज उपाध्याय र मेघा गिरीको प्रेमिल अभिनय रहेको छ भने उक्त भिडियोलाई सन्तोष ओडले खिचेका छन् । त्यस्तै भिडियोलाई जुग्गु केवतले निर्देशन गरेका हुन् भने मीत कस्तले सम्पादन गरेका छन् ।

सम्बन्धित् समाचार