गृहपृष्ठ खबर आइपिएलको १४ औं सिजनका लागि अक्सनमा २ सय ९२ जनाको लिस्ट

आइपिएलको १४ औं सिजनका लागि अक्सनमा २ सय ९२ जनाको लिस्ट

प्रकाशित मिति:

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनका लागि १८ फेब्रुअरी मा चेन्नईमा अक्सन हुँदै छ। जहाँ बिसिसीआइले २९२ खेलाडी अक्सनका लागि सर्ट लिस्ट गरेको छ।

१६४ भारतीय खेलाडी रहँदा विदेशी कोटामा १२८ खेलाडीको सर्ट लिस्ट गरिएको छ। जसमा अस्ट्रेलियका सर्वाधिक ३५ खेलाडीको नाम समावेश छ। अस्ट्रेलियाबाहेक दोस्रो धेरै खेलाडी समावेश गर्ने देश न्युजिल्यान्ड बनेको छ।

न्युजिल्यान्डका २० र वेस्टइन्डिजका १९ खेलाडीको नाम समाबेस गरिएको छ। सर्वाधिक कम नेपाल, अमेरिका र युएइका समान १९१ खेलाडीले अक्सन लिस्टमा नाम अटाएको छ।

सम्बन्धित् समाचार