गृहपृष्ठ खबर दाङमा लाखौं मूल्य पर्ने अवैध सुनचाँदीसहित २ जना पक्राउ

दाङमा लाखौं मूल्य पर्ने अवैध सुनचाँदीसहित २ जना पक्राउ

प्रकाशित मिति:

दाङ : दाङमा प्रहरीले लाखौँ मूल्य पर्ने अवैध सुनचाँदीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा तुलसीपुर उप–महानगरपालिका १७ बनकट्टा घर भई हाल घोराही उपमहानगरपालिका–१५ दिपशिखा रोडमा डेरा गरी बस्ने २५ बर्षीय प्रकाश डाँगी र भारत उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भई हाल डाँगीको डेरामा बस्ने ३५ वर्षीय पंकज कुमार गुप्ता रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीबार बेलुका करिब ७ बजेतिर घोराही उप–महागरपालिका ३ गोग्लीमा अवैध सुन चाँदीको ओसारपसार गरी रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार डाँगीको शरीरको खानतलासी गर्दा उनको साथबाट सुनका ४ वटा बाला तौल २०८ दशमलव ३२, ९ दुई सय आठ ग्राम, ३२ मिलिग्राम करिब १६ लाख ६९ हजार ९१३ बराबरको रहेको समेत उनले जानकारी दिए।

त्यस्तै गुप्ताको साथबाट १ किलो पाँच सय पन्ध्र ग्राम, ०३६ मिलिग्राम चाँदीका पाउजुहरु समेत बरामत गरिएको उनले जानकारी दिए। ती चाँदीका पाउजुहरुको मूल्य ५१ हजार ४१३ रहेको समेत उनले बताए।

पक्राउ परेका डाँगी र गुप्तामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार