गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा जिप दुर्घटना, सैनामैना ७ का मगरको मृत्यु

कपिलवस्तुको बाणगंगामा जिप दुर्घटना, सैनामैना ७ का मगरको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा १ बुङ्चिमा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पश्चिम बाट पुर्व तर्फ आँउदै गरेको लु १ ज ४६७ नम्बरको जिप शुक्रवार साझ करिब पौने सात बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

 

दुर्घटनामा घाईते भएका दुईजना मध्य एकजनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । सैनामैना नगरपालिका वडा नः ७ का लम्कीया बस्ने बर्ष ३६ लाल बहादुर बुडा मगरको मृत्य भएको हो ।

 

अर्का घाईते चालकलाई उपचार पछि प्रहरीको नियन्त्रणमा राखिएको छ । चालक शितगंगा नगरपालिका वडा न.६का केशवराज भुसाल रहेका छन् ।

सम्बन्धित् समाचार