गृहपृष्ठ खबर कपिलवस्तुको चारनम्बरमा १४४ औं लखन स्मृति दिवस मनाईयो

कपिलवस्तुको चारनम्बरमा १४४ औं लखन स्मृति दिवस मनाईयो

प्रकाशित मिति:

सागर वि.क.(चार नम्बर जीतपुर) : कपिलवस्तुको चारनम्बर चोकमा आज(आईतबार) १४४ औं लखन स्मृति दिवस मनाईएको छ । नेपाल मगर संघ कपिलवस्तुले आयोजना गरेको उक्त कार्यक्रममा लखन थापाको तस्वीरमा लुम्बिनी प्रदेश सासंद विष्णु पन्थीले माल्याअर्पण समेत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सासंद पन्थीले आफ्नो लागी बाल्य अवस्थादेखि राजनीति यात्रा सम्ममा नेपालका प्रथम सहिद लखन थापा प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

देशको वर्तमान अवस्थासम्म आईपुग्न लखन थापाको अविस्मरणीय योगदान रहेको भन्दै सम्पूर्ण सहिदहरुको उच्च सम्मानका लागी सबै देश विकासको यात्रामा लाग्नुपर्ने उहाँको भनाई छ । साथै सासंद पन्थी सम्पूर्ण सहितहरुप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले लखन थापाप्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै देशका लागी आहुति दिने थापाको भूमिकाबाट आम जनसमुदायले धेरै प्रेरणा लिन सक्ने बताउनुभएको छ ।

अर्यालले यस्ता कार्यक्रमको आयोजना गर्न नगरपालिकाले आगामी दिनहरुमा विशेष महत्वका साथ हेरी सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल मगर संघ कपिलवस्तुका अध्यक्ष मोहन सिंजाली मगरले प्रदेशमा मगर जातीको बहुल्यता रहेकाले मगर समुदायलाई विदेश महत्वका साथ हेर्नु पर्ने बताउनुभएको छ ।

उहाँले कपिलवस्तुमा पनि मगर जातीको बहुल्यता रहेका पालिकाहरुमा विशेष योजनाका साथ अघि बढेको बताउँदै अवसरमा कार्यक्रमको समेत आयोजना गरिने बताउनुभएको थियो । नेपाल मगर संघ कपिलवस्तुका उपाध्यक्ष उत्तम आलेको मन्त्वय रहेको कार्यक्रम मिना गाहा मगरको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार