गृहपृष्ठ खबर बालुवाटार जग्गा प्रकरण : नेपालविरुद्धको मुद्धामा प्रमाण झिकाउन सर्वोच्चको आदेश

बालुवाटार जग्गा प्रकरण : नेपालविरुद्धको मुद्धामा प्रमाण झिकाउन सर्वोच्चको आदेश

प्रकाशित मिति:

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको मुद्‍दामा प्रमाण झिकाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो।

बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको आरोप लगाइरहेका छन्। तर, नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्।

सम्बन्धित् समाचार