
चार नम्बर जीतपुर : नेपाल श्रमिक संघकी केन्द्रिय अध्यक्ष तथा कपिलवस्तुकी महिला नेतृ विमला गैरे महिला विभाग सदस्यमा मनोनित भएकी छन् । नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाद्धारा हस्ताक्षरित गरिएको पत्रमा गैरेलाई नेपाली कांग्रेस केन्द्रिय महिला विभागको सदस्यमा मनोनित गरिएको हो ।
तीन दशकदेखि नेपाली कांग्रेसमा आवद्ध भई क्रियाशिल रुपमा पार्टीमा रहेकाले गैरेको योगदानलाई मूल्याङ्कन गर्दै केन्द्रिय महिला विभागको सदस्यामा मनोनित भएकी हुन ।
उनले केन्द्रिय महिला विभागको सदस्यामा मनोनित भएलगत्तै प्रतिक्रिया दिदै अब आगामी दिनहरुमा पार्टीलाई शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।








