वैखरी अनलाइन
बाणगंगा नगरपालिकको वडा नः २ ले आफनै भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी वडाले पिपरा बजार पछाडी बनाएको नवनिर्मित भवनबाट सेवा दिन थालेको हो ।
बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारु, उप मेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी झण्डा तोलन गरी नया भवनको कार्यालय शुभारम्भ गरेका हुन ।

आफनै भवनबाट सेवा प्रवाह गर्ने भएपछि वडा नः २ का अध्यक्ष बिष्णु पौडेलले खुशी हुदै अव वडाबासीलाई सेवा लिन थप सहज हुने बिश्वास लिएका छन । सो अवसरमा वडाका बिभिन्न पदाधिकारी तथा बरिष्ठ ब्यतिmहरुको सहभागिता रहेको थियो ।








