गृहपृष्ठ खबर लीड्स युनाईटेडविरुद्ध आर्सनलको शानदार जीत

लीड्स युनाईटेडविरुद्ध आर्सनलको शानदार जीत

प्रकाशित मिति:

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ। पिर्रे एमरिक आयुबाम्याङले ह्याट्रिकमा आर्सनलले लीड्स युनाईटेडलाई ४-२ गोलले हराएको हो।​

आर्सनलको जितमा ह्याट्रिक गरेका आउबाम्याङले खेलको १३, ४१ र ४७ औँ मिनेटमा गोल गरे। एक गोल भने हेक्टर बेलेरिनले गरे । यस्तै लीड्सका लागि पास्कल इस्टुज्रिक र हेल्डर कोस्टाले गोल गरे। जितसँगै आर्सनल २४ खेलबाट ३४ अंकसहित लिगको १० औँ स्थानमा छ। हार व्यहोरेको लीड्स भने २३ खेलबाट ३२ अंकसहित लिगको ११ औँ स्थानमा छ।

प्रिमियर लिगकै अर्को खेलमा म्यानचेष्टर युनाईटेडले वेष्ट ब्रोमिचसँग बराबरी खेलेको छ।​ बराबरीले पनि म्यान्चेष्टर युनाईटेड २४ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा उक्लिन सफल भएको छ। समान अंक भएपनि लेस्टर सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा धकेलिएको छ। गत शनिबार लिभरपुलमाथि शानदार जित निकालेको लेस्टर सिटी केही समयका लागि दोस्रो स्थानमा थियो। ४० अंकसहित लिभरपुल चौथो स्थानमा छ। २३ खेलबाट ५३ अंक जोडेको म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा छ।

गएराति नै भएको खेलमा साउथह्याम्टन उल्भससँग २-१ ले पराजित हुँदा फुलह्यामले एर्भटनलाई २-० ले हरायो।

सम्बन्धित् समाचार