गृहपृष्ठ खबर कपिलवस्तुमा दोस्रो चरणको कोरोना खोप लगाइयो

कपिलवस्तुमा दोस्रो चरणको कोरोना खोप लगाइयो

प्रकाशित मिति:

कपिलवस्तु
कपिलवस्तुमा दोस्रो चरणको कोरोना खोप अभियान अन्र्तगत पहिलो दिन २ सय ५० जनाले कोभिड शिल्ड नामक खोप लागएका छन । दोस्रो प्राथमिकतामा परेका संचारकर्मी, सुरक्षाकर्मी लगाययतले खोप लगाएका हुन । जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रमा आईतबवार प्रजिअ दीर्घ नारायण पौडेलले खोप लगाएर जिल्लामा दोस्रा् चरणको खाप अभियान सुरु गरेका हुन ।

 

पहिलो दिन ५ सय बढीलाई खोप लागनउे लक्ष्य थियो ।

 

पत्रकार महासंघ कपिलवस्तुले १ सय ६८ जनाको लिस्ट दिए पनि आईतावार भने एक तिहाई भन्दा कमले मात्र खोप लागएको स्वास्थ्य कार्यालयले जनाएको छ । पत्रकार महासंघमा आबद्ध नभएका क्रियाशील पत्रकारलाई समेत खोप लगाइएको थियो ।

 

पत्रकार महासंघ केन्द्रिय सदस्य बसन्त गिरी जिल्ला अध्यक्ष डिलाराम भुषाल, पुर्व महासंघ अध्यक्ष भेषराज पाण्डेय, मनोज पौडेल, प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव लगायतले खोप लगाएका थिए ।

 

आईतवार खोप लगाउन छुटेकाहरुलाई फागनु ७ गते भित्र लगाउने ब्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए । जिल्ला स्वास्थ्य कार्यालय, पिपरा अस्पताल र बहादुरगंज अस्पतालमा खो केन्द्र खडा गरिएको छ ।

 

पत्रकार र जिल्ला स्थित सरकारी कार्यालयका सबै कर्मचारीहरुलाई फागुन २ देखि ५ गते सम्म खोप दिईने खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । जिल्लाका ३ सय १३ कार्यालयका ४ हजार ८७१ जनालाई खोप दिने लिस्ट तयार भएको छ ।

 

खोपको पहिलो डोज लिएको व्यक्तिलाई पुनः २८ दिन पछि अर्काे खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको सामान्य असर रहेको भए पनि कपिलवस्तुमा गम्भिर प्रकृतिको असर अहिले सम्म नदेखिएको स्वास्थय कार्यालयका प्रमुख केसीले बताए ।

खोप लिएको व्यक्तिमा ज्वरो आउनु, टाउको दुख्नु, शरिर कम्जोर महशुस हुनु सामान्य असर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । कोरोना विरुद्धको यो खोप ढुक्कका साथ लगाउन प्रजिअ पौडेलले आग्रह गरेका छन ।

 

सम्बन्धित् समाचार