गृहपृष्ठ खबर कपिलवस्तु ११ जहदीबाट अबैध ३७ क्वीन्टल चिनि बरामद

कपिलवस्तु ११ जहदीबाट अबैध ३७ क्वीन्टल चिनि बरामद

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नः ११ मा प्रहरीले अवैध चिनि बरामद गरेको छ । वडा नः ११ को जहदीमा लुकिछिपि भन्सार छलि गरेको चिनि लोड गरिदै गरेको गोप्य सुचना पाए पछि ईलाका प्रहरी कार्यालय पिपराले थाहा पाएपछि पिपराका प्रहरी प्रमुख दिनेश गुरुङको नेतृत्वमा गएको प्रहरीको टोलीले ३७ क्वीन्टल चिनि बरामद गरेको हो ।

 

जहदीका राजन गुप्ताको पसलमा खान तलासी गर्दा नम्बर नखुलेको अन टेस्ट ट्रकमा लोड गर्न लागेको १४ क्वीन्टल र गोदाममा लुकाएको अवस्थामा २३ क्वाीन्टल चिनि प्रहरीले बरामद गरेको हो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको नेतृत्वमा खटीएको टोलीले सो अवैध चिनि र ४ ब्यतिmलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार