गृहपृष्ठ अर्थ/वाणिज्य रुपन्देहीमा अदालतका नापी निरीक्षकसहित ४ जना घुससहित पक्राउ

रुपन्देहीमा अदालतका नापी निरीक्षकसहित ४ जना घुससहित पक्राउ

प्रकाशित मिति:

काठमाडौँ : रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक)द्वय सुमित चौलागाईँ र मनोज थापा घुससहित पक्राउ परेका छन् । अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं १ बोगडियाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

यसवाहेक वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यवसायी रामबाबु दाहाल घुससहित पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग ८ हजार घुस लिँदालिँदै घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियाले लेखापढीको काम गर्ने दाहालले सुब्बा चन्दलाई दिइसकेको अवस्थामा रकम सहित विभाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार