गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुदै

कपिलवस्तुको बाणगंगामा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुदै

कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । यहीँ ७ गतेबाट बाणगंगाको सिद्धार्थ खेल मैदान बुङचीमा प्रथम सुर्योदय खुला नकआउट फुटवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न ५ जिल्लाका गरि १२ समुहको सहभागिता रहने आयोजक सुर्योदय सामाजिक बिकास संस्थाका अध्यक्ष सरोज कुमार सेनले बताए । प्रतियोगितामा प्रथम हुनेले रु १ लाख १ हजार १११, द्धितिय हुनेले रु ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड मेडल र प्रमाण पत्र पाउने खेल संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।

साथै प्रतियोगितामा बिभिन्न बिदाका उत्कृष्ट खेलाडीलाई नगदले सम्मान गर्ने र ७ गते दिउसो १ बजेबाट प्रतियोगिता सुरु हुने
आर्थिक संयोजक चन्द्रकान्त पोख्रेल(सिके)ले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार