गृहपृष्ठ खबर मुलुक संसद विघटन र पुर्नस्थापनाको गोल चक्करमा फस्यो : जसपा नेता महतो

मुलुक संसद विघटन र पुर्नस्थापनाको गोल चक्करमा फस्यो : जसपा नेता महतो

प्रकाशित मिति:

कपिलवस्तु : जनता समाजबादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले मुलुक संसस बिघटन र पुर्नस्थपनको गोल चक्करमा फसेको बताएका छन । ७० साल देखि मुलुक उही खेलमा फसेको उनले बताए । प्रेस नेपाल कपिलवस्तुले तौलिहवामा राखेको पत्रकार सम्मेलनमा बोल्दै महतोले नेपालमा ७० बर्षमा ७ वटा संबिधान आउनुले पनि देश संसद बिघटन, पुर्नस्थपना र्कै खेलमा नै अल्झिएको उनले बताए । ‘ भारतमा ७० बर्षमा एउटा संबिधान, अमेरिकामा ढाई सय बर्षमा एउटा मात्र संबिधान तर नेपालमा ७० बर्षमा ७ वटा संबिधान आएको छ ’ उनले भने ‘ तर पनि नेपालमा संसद बिघटन र पुर्नस्थापनाको खेल जारी छ ’ ।

शासन र सत्ता फेरिए पनि ब्यवस्था भने नफेरिएको भन्दै स्थायी समाधानकालागि सबैको भावना समेटने गरी संबिधान निर्माण गर्नु पर्ने बताए । तत्कालमा ससद पुर्नस्थपना भए केही समाधान निस्के पनि दीर्घकालीन समाधानकालागि अहिले पनि लोकतान्त्रिक संबिधान नबनाए सम्म केही नहुने उनले तर्क गरे ।

उनले सत्ता लम्बाउन कै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बताए । उनले स्वार्थ कालागि नै ओलीले संसदको बिघटन गरेको बताए । उनले ओली अहिले अको अर्कौ ज्ञानेन्द्र बन्न खोजेको भन्दै घोषित निर्वाचन पनि अनिश्चित भएको बताए ।

“केपी ओलीको निर्वाचन निश्चित छैन, निर्वाचन भनको सर्वतन्त्र निष्पक्ष निर्वाचन हुनुपर्छ । दादागीरी र निरंकुशताको भरमा निर्वचन हुँदैन, निर्वाचन कहिले हुन्छ कसैलाई थाहा छैन, उनले भने । प्रधानमन्त्रीको ३ बर्ष लुटतन्त्रमात्र कान्ड बाहेक केही अन्य उपलिब्ध छैन । जनता समाजवादीमा दुई मत नभएको उनले ठोकुवा गरे ।

पत्रकार सम्म्मेलनमा जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, कैलाश अग्रहमरी, प्रदेश सदसय सहसराम यादव , पार्टीका केन्द्रिय सदस्य रबिदत्त मिश्रा लागतयको सहभागीता थियो। कार्यक्रम दिलीप कुमार यादवको अध्यक्षताा भएको थियो ।

सम्बन्धित् समाचार