गृहपृष्ठ खबर एपिएफ राष्ट्रिय लिग च्याम्पियन

एपिएफ राष्ट्रिय लिग च्याम्पियन

प्रकाशित मिति:

काठमाडौं : नेपाल एपिएफ क्लबले महिला राष्ट्रिय लिगको उपाधि रक्षा गरेको छ। लिगअन्तर्गत बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएपछि एपिएफ दुई खेल अगावै च्याम्पियन बनेको हो।

नेपाल पुलिस क्लबले १-१ गोलको बराबरीमा रोकेपछि आर्मीको उपाधि जित्ने लक्ष्य समाप्त भएको थियो।

दुई खेलअघि एपिएफले १० खेलबाट ३० अंक जोडेको छ। एक खेल खेल्न बाँकी आर्मीको २६ अंक भएको छ। अहिले एपिएफले विराटनगर महानगरपालिकासँग खेलिरहेको छ। यस्तै अन्तिम खेलमा शुक्रबार आर्मीसँग खेल्नेछ।

यी दुवै खेलमा पराजित भए पनि एपिएफलाई फरक पर्नेछैन। किनभने दोस्रो स्थानको आर्मीले अन्तिम खेलमा जित हात परे पनि एपिएफलाई भेट्टाउने छैन।

सम्बन्धित् समाचार