गृहपृष्ठ खबर बाणगंगा कार्यपालिकाको बैठक सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड र मेयर कप फागुनमै हुने

बाणगंगा कार्यपालिकाको बैठक सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड र मेयर कप फागुनमै हुने

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक आज सम्पन्न भएको छ । बैठकले बिभिन्न महत्वपुर्ण निर्णय गरेको छ ।

  • जसमा
    भोलीको लागी पेश हुनेनगरको प्रगति प्रतिवेदन स्वीकृत गर्ने निर्णय
  • नगरको भवन निमार्ण सम्बन्धी मापदण्डलाई संशोधन गर्ने निर्णय
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १३, १४ र १५ गते जनता मावि पिपरामा गर्ने निर्णय
  • वडा नः ५ को बाल मैत्री लगानी योजना स्वीकृत गर्ने
  • जितपुर तौलीहवा सडक निमार्णमा क्षती भएका घर र जग्गालाई मुहाब्जा दिलाउन सम्बन्धीत निकायमा माग गर्ने निर्णय
    तेस्रो मेयर कप फागुन २१, २२ र २३ गते बुद्ध रगंशालामा गर्ने निर्णय भएको हो ।

साथै भोली ठीक ११ बजेबाट नगरसभा सुरु हुने नगरका प्रवक्ता बिष्णु पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए । बैठकमा नगरपालिकका मेयर मगंल प्रसाद थारु, उप मेयर चक्र अर्याल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार