
कपिलवस्तु : नेपाल ब्रदर्शले अब जिल्ला फुटबल संघ कपिलवस्तुलाई एक बर्ष खेलाडी पोसाक उपलब्ध गराउने भएको छ । श्रीपेच होटल एण्ड रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि जिल्ला फुटवल संघ कपिलवस्तु र नेपाल ब्रदर्श बिच खेलाडीलाई पोसाक उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको संघका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन् । संघका अध्यक्ष थापा र ब्रदर्श नेपालका धुर्व नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
खेललाई थप स्तरिय बनाउनका लागि पोसाकको पनि महत्वपुर्ण भुमिका रहेको भन्दै उक्त सम्झौता गरिएको संघले जनाएको छ । सम्झौतामा नेपाल ब्रदर्शले जिल्ला फुटबल संघलाई एक बर्ष सम्म ५० हजार बराबरको पोसाक उपलब्ध गराउनुपर्ने र जिल्ला फुटबल संघले पोसाक उपलब्ध गराउने संस्थाको नाम सहितको पोसाक लगाउनु पर्ने उल्लेख गरिएको छ ।








