गृहपृष्ठ खबर प्रजातन्त्र दिवस : दाङका २६ कैदीबन्दीको सजाय मिनाहा

प्रजातन्त्र दिवस : दाङका २६ कैदीबन्दीको सजाय मिनाहा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा दाङका २६ जना विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छिन्। मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएका हुन।

घोराही कारागारबाट ८ र तुलसीपुर कारागारबाट १८ जना गरि २६ जनाको कैद मिनाहा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

सवारी ज्यान, बहुविवाह, आत्महत्या दुरुत्साहन, कर्तब्य ज्यान लगायतको मुद्दा खेपेकाहरु रहेका छन । देशभर ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

सम्बन्धित् समाचार