
कपिलवस्तु : कपिलवस्तुको शिवराजमा आज शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटाको आयोजना तथा विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपा, बि एण्ड बि हस्पिटल काठमाडौँ, चौराहा हस्पिटल बुटवलको प्राविधिक सहयोगमा निशुल्क घुम्ती शिविर सम्पन्न भएको हो ।
५० जनाले परिक्षण तथा सेवा सुबिधा लिएको सञ्जिवनी सामुदायिकअस्पताल ब्यबस्थापन समिति अध्यक्ष टोपलाल पोखरेलले जानकारी दिनु भयो । शिविरमा शारिरीक अपाङ्गता सम्बन्धी जन्मजात खुट्टाको पैतला भित्र फर्केको, ढाड बांगो वा कुप्रो भएको, हड्डि पाकेर लामो समयदेखि पिप आईरहने, औँलाहरु एकआपसमा टासिएको वा बढि भएको, ओठमा वा तालु फाटेको, र्जोनि र घुडाको पाङग्रा फुस्केको, कृत्रिम अङ्गको आवश्यकता भएको, खुट्टा लुलो तथा कमजोर भएको जस्ता अन्य शारिरीक समस्या भएकाहरुका लागी निशुल्क जाँच गरीएको थियो ।
५० जनाले स्वास्थ्य परिक्षण गरेकोमा १० जनालाई कृत्रिम हात खुट्टा बितरण गर्नुपर्ने खालका समस्या देखिएको शिविरका टोली प्रमुख डाक्टर सुभाष खत्रीले जानकारी दिनु भयो । अब पुन बृहत स्वास्थ्य शिविर संचालन गर्ने र आवश्यकता अनुसारको कृत्रिम हातखुट्टा बितरण गरिने विभिन्न संघसंस्थासग संम्न्वय गगरेको अस्पताल ब्यबस्थापक वाईपी पौडेलले जानकारी दिनुभयो ।








