गृहपृष्ठ खबर “शान्ति र समृद्धि एकादेशको कथा”रा प्र पा केन्द्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी

“शान्ति र समृद्धि एकादेशको कथा”रा प्र पा केन्द्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनी

शान्ति र समृद्धि एकादेशको कथा भएको रा प्र पा केन्द्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले बताएका छन
रा प्र पा कपिलवस्तुको आयोजनामा कपिलवस्तुको तौलिहवामा अवस्थित नगरपालिकाको सभाहलमा भएको अगुवा कर्याकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष लोहनीले यस्तो बताउनु भएको हो।
पैसा छैन भन्ने भएको पैसा खर्च गर्न नसक्ने खर्च गरेको ठाँउमा ब्यापक भ्रष्टाचार मात्र भईरहेको हुदा अहिले सरकार बाट शान्ति र समृद्धिको आशा गर्नु एकादेशको कथा जस्तो भएको उहाले भनाई छ ।
जनताले सुख शान्ति र समृद्धिको अपेक्षा गर्दै नेकपालाई बिश्वास गरेर दुईतिहाई मत दिए पनि सबै पाएको सुख शान्ति र समृद्धि मात्र नपाएको वहाको भनाई छ।
अहिलेको सरकारले आफ्नो आसे पासेलाई पोस्ने राष्ट्रिय सम्पत्तिको दोहन मात्र गर्ने भन्दा अरु केही गर्न नसकेको पनि वहाले जिकिर गर्नु भयो । बिश्वब्यापी महामारी रुप लिई कोरोना भाईरस फैलिरहदा नेपाली जनताको स्वस्थ्य माथी खेलवाड गर्दै स्वस्थ्य सामाग्री खरिदमा समेत ठुलो भ्रष्टाचार भएको राष्ट्रिय अन्तरास्ट्रिय संघ सस्थाले देखाएको त्यसको संरक्षण नेपाल सरकारले गरेको अध्यक्ष लोहनीले बताउनु भयो ।
राप्रपा कपिलवस्तुका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि कार्यसम्पादन समिति मीन बहादुर कुवर ,जनक पाठक केन्द्रिय सदस्य कृष्ण बहादुर चौधरी,ध्रुव रायमाझी,बिजयलक्ष्मी सिंह,ईद्रीस मुसलमान,पुर्व साम्सद श्रीकान्ती पासी,कनिज फातेमा,देबेन्द्र श्रीवास्तब,मनोज शुक्ला लगायत जिल्लाका अगुवा कर्याकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो

सम्बन्धित् समाचार