
काठमाडौं : गोरखामा रोकिराखेको यात्रुबहाक बस दुर्घटनामा परेको छ। आइतबार दिउँसो गोरखाको बाह्रकिलोबाट तनहुँको आँबुखैरेनीका लागि छुट्न लागेको बस आफैँ गुडेर सडकबाट करिब १० मिटर तल पल्टेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्र गुरूङले बताए।
‘यात्रु चढाउन रोकिराखेको बस आफैँ गुड्दा सडकबाट करिब १० मिटर तल पल्टेको छ,’ उनले भने, ‘दुर्घटनामा सात जना घाइते छन्। घाइतेहरूको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।’
घाइतेहरू सामान्य रहेको उनले बताए। घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको उनले बताए। घाइतेहरूको नाम खुलेको छैन।
गोरखा नगरपालिका वडा नम्बर ११ स्थित बाह्रकिलोमा ग १ ख ४१०४ नम्बरको बस दुर्घटनामा परेको हो।








