गृहपृष्ठ खबर अयोजक सूर्योदय ३–० गोल अन्तरले विजयी

अयोजक सूर्योदय ३–० गोल अन्तरले विजयी

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिका १ बुङचीमा जारी ‘प्रथम सुर्योदय खुला नकआउट फुटवल’ प्रतियोगितामा अयोजक सूर्योदय युवा क्लवले जित हासिल गरेको छ । सिद्धार्थ रंगशाला बुङचीमा भईरहेको खेलमा रुपन्देहीको बासगढीस्थित बुद्धभूमि फुटवल एकेडेमीविरुद्ध सूर्योदयले ३–० को गोल अन्तरले जित हासिल गरेको हो ।

पहिलो हाफसम्म गोल रहित बनेको खेल हाफपछिको समयमा सूर्योदयले ३ गोलको अग्रता लिएको हो । उसका लागि सवि गुरुङ, सन्दिप थारु र अरुण थारुले एकएक गोल गरेका थिए । आजको खेलमा सवि गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत भोलि एक खेल हुने आयोजकले जनाएको छ । दिउँसो ३ बजेदेखि सुरु हुने खेलमा कोब्रा गाइज कपिलवस्तु र फर्साटिकर फुटवल क्लव रुपन्देही आमनेसामने हुने छन् ।

प्रतियोगिताको विजेता टोलील नगद १ लाख १ हजार १ सय ११, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् भने विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेण्डर, अनुशाषित लगायतका खेलाडीलाई पनि सम्मान गरिने खेल संयोजक रमेश मल्लले वैखरी अनलाईनलाई जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार