गृहपृष्ठ खबर “सकरात्मक परिवर्तन ल्याउनका लागि नागरिक समाज महत्वपुर्ण ”

“सकरात्मक परिवर्तन ल्याउनका लागि नागरिक समाज महत्वपुर्ण ”

कपिलवस्तु : समाजमा सकरात्मक परिवर्तन ल्याउनका लागि नागरिक समाजको महत्वपुर्ण भुमिका रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कपिलवस्तुको वाणगंगामा आयोजना गरिएको कार्यक्रममा स्थानीय सरकारले नागरिक समाजलाई बलियो बनाउन ठोस योजना ल्याउन आवश्यक रहेको लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बताएका छन् । नागरिक समाजलाई जति बलियो बनाउन सक्यो त्यतीनै बढी लोकतन्त्र सुदृढ हुने बताउँदै स्थानियतहले नागरिक समाजको महत्व बुझ्न जरुरी रहेको स्थानीय सरकार नागरिक समाज सहकार्य संबाद कार्यक्रममा प्रदेश सांसद पन्थीले बोल्दै सो कुरा बताएका हुन् ।

तीनै तहको सरकारको ध्यान अहिले बाटो निमार्णमा मात्र केन्द्रीत रहेको बताउदै नागरिक समाज र स्थानीय सामाजिक सघं सस्ंथाहरुलाई बलियो र व्यवस्थीत रुपमा संचालन गर्न बजेट विनियोज गरि सम्बोधन गर्न आबश्यक रहेको बताए । यस्तै उनले स्थानीय सरकारले नागरिक समाजलाई बलियो बनाउन एक आपसमा सहकार्य र पहरेदारी गर्दै अगाडी बढ्न आग्रह गरे । यस्तै बुद्धभुमि नगरपालिकाका उपप्रमुख मिरा थारुले बोल्दै स्थानीय सरकार र नागरिक समाजको सम्बन्ध सुमधुर रहेको बताईन् । उनले आफ्नो नगरपालिकाले लैंगिक हिंसा न्युनिकरणका लागि लैंगिक हिंसा विरुद्ध कार्यविधी समेत पारित गरिसकेको जानकारी दिईन् । उनले नागरिकका सवालका विषयमा संचारकर्मीहरुले सकरात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएकी थिईन् ।

सो कार्यक्रममा मायादेवि गाउपालिकाका उपाध्यक्ष गिता तिवारीले सकरात्मक विकासका लागि सबै क्षेत्रमा महिला प्रतिनिधित्व बढाउनु पर्ने बताईन् । स्थानियतहको निती तथा कार्यक्रममा बिभिन्न संघ सस्था र नागरिक समाजलाई सहभागिता गराउने प्रतिबद्धता समेत जनाईन् । यसैगरी कार्यक्रममा बोल्दै अधिकारकर्मी पोमनारायण पौडेलले समाजको विकास र रुपान्तरण, समृद्धी र शुशासनमा नागरिक समाजको अहम भुमिका रहने भएकाले नैतिक रुपमा सबैजना जवाफदेही हुनु पर्ने बताए । उनले सरकारले निती निमार्ण गर्दा गैरसरकारी सघं संस्थाहरुलाई व्यवस्थित र शुशासित तरिकाले अगाडी बढाउनु पर्छ भन्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, महिला अधिकार कर्मी चेतना अधिकारी, अभिभावक संघका जिल्ला अध्यक्ष भक्तीराम पन्थी, साथी संस्थाकी प्रमुख बिमला घिमिरे मुश्लिम शसक्तिकरण संस्थाकी कनिज फात्मा रंगरेज र संचारकर्मी पार्वती आचार्य लगाएतले बोल्दै स्थानिय सरकारले नागरिक समाजलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बिषयमा योजना अनुसार सहकार्य गरेर अगाडी बढ्न आबश्यक भएको बताएका थिए । पछिल्लो समयमा महिला र बालिका माथि बढ्दै गएका हिंसात्मक घटनाहरुबाट पीडीत भएका महिला र बालिकाहरुलाई संरक्षण गर्नकालागि स्थानियतहको समेत जिम्मेवारी भएको हुँदा सो बिषयमा स्थानिय तह जिम्मेवार हुनुपर्ने बक्ताहरुले धारण राखेका थिए ।

सम्बन्धित् समाचार