गृहपृष्ठ खबर मौसम पूर्वानुमानः आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

मौसम पूर्वानुमानः आज मौसम सफा रहने, भोलि वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा  रहेको छ ।

यसैगरी महाशाखाले आज दिउँसो र राति मौसममा सामान्य र आंशिक बदली भइ अन्य भागमा मौसम सफा रहने जनाएको छ ।
आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मंगलबार दिउँसो देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका  पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ

त्यसैगरी, मंगलबार राति देशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका  पहाडी भूभागका एक –दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित् समाचार