
वैखरी अनलाईन : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका स्तरिय भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम आज (सोमबार) चार नम्बर जीतपुरमा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले नगरभित्र खानेपानीको समस्या समाधन गर्न नगर सुरुवाती चरणबाट नै लागी परि रहेको जिकीर गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर थारुले नगरवासीको जीवन नै पहिले पानी भएकाले नगरको पहिलो प्राथमिकता पनि स्वच्छ पानीको उपलब्धता रहेको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले नगरभित्र खानेपानी तथा सरसफाईको क्षेत्रमा नगरले सम्पूर्ण जनसमुदायलाई सचेत गराई रहेको बताउनुभएको छ । बाणगंगामा स्थपित खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नगरवासीलाई स्वच्छ खानेपानीको परिपूर्तिका लागी खेलको भूमिकाको चर्चा गर्दै धन्दवाद समेत व्यक्त गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्तअधिकारीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिले स्थानीय निकायसंग समन्वयको वातावरण सिर्जना गरि खानेपानी तथा सरसफाईको क्षेत्रमा अघि बढ्नुपनेमा जोड दिनुभएको थियो ।
त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले नगरमा सरसफाईको क्षेत्रमा फोहर व्यवस्थापनमा समस्या रहेको बताउदैं यसको निकास खोज्न सम्पूर्ण स्थानीय तहका पदाधिकारी निकै चिन्तित रहेको बताउनुभएको छ । साथै उहाँले यसको निकास खोज्न सबैको साथको आवश्यकता औल्याउनु भएको थियो । त्यस्तै वडा नम्बर ५ का वडाध्यक्ष भिष्मराज भूसालले नगर भौतिक संरचना निर्माणमा अग्रसर रहेको बताउदैं खानेपानी तथा सरसफाई जस्तो संवेदनशिल पक्षमा पनि नगरको चासो गईरहेको दाबी गर्नूभएको छ । व्यक्ती पहिले स्वास्थ्य रहनका लागी स्वच्छ पानी तथा सरसफाईको आवश्यता पर्ने भएकाले यस्ता कुराहरु आम जनसमुदायमा पुराउन प्रभावकरी रुपमा अभियान नै संचालन गर्नुपर्ने उहाँको भनाई छ ।
वडा नम्बर ८ का वडाध्यक्ष गुणानिधि भूसालले आफ्ना वडालाई खानेपानी जस्तो अत्यावश्क पूर्वाधारको पहँुच गराउन आफु दिनरात खटिरहेको बताउनुभएको छ । त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष धुब्र बेल्वासेले सम्पूर्ण पक्षमा नगरको मात्र दोष तथा कमिकमजोरी देखानु उचित नहुने भन्दै सम्पूर्ण नगरवासी पनि समेत हुनु पर्ने तर्क राख्नभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष राजेन्द्र विक्रम शाहले कार्यक्रमको महत्व तथा उद्देश्यवारे प्रकाश पार्दै स्थानीय सरकारलाई जनताको शुद्ध, सुरक्षित तथा स्वच्छ खानेपानी पिउन पाउनुपर्ने अधिकारको संरक्षणका लागीका समितिले पहल गर्ने बताउनुभएको छ ।
अध्यक्ष शाहले खानेपानी तथा सरसफाईका क्षेत्रमा आम नागरिकाका हितका कुरालाई लिएर समितीले झक्झकाउने जिकीर गर्नूभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नगरको दाँहिने हात भएर सहयात्राको यात्रा तय गर्ने उहाँको भनाई छ । दिगो रुपमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्य गर्ने बताउदै अध्यक्ष शाहले यस्ता क्षेत्रमा नगरको खासै ध्यान नगएको समेत गुनासो गर्नुभएको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरि स्वच्छ पानी तथा असल बानीको विकास गर्नुपर्ने अध्यक्ष शाहले जोड दिनुभएको छ ।








